Information is intelligence
HomeNewsकतार र नेपालबीच उडान शुरु, आजबाट कतार भिसा सेन्टर खुल्ने

कतार र नेपालबीच उडान शुरु, आजबाट कतार भिसा सेन्टर खुल्ने

- Advertisement -spot_img

नेपालस्थित कतार भिसा सेन्टर (क्यूभीसी) ले आजबाट सेवा प्रारम्भ गर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेसँगै क्वूभीसीले आफ्नो सेवा बन्द गरेको थियो ।

सरकारले सोमबारदेखि नै कतार र नेपालबीच उडान शुरु गर्न अनुमति दिएपछि सेन्टर खुल्न लागेको हो । नियमित उडान नभएसम्म हप्तामा एक दिन नेपाल र कतार उडान हुने छ ।

सेन्टरले सोमबार र मंगलबार ५०/५० जनाको भिसा प्रोसेसिङ गर्ने बताएको छ । बुधबारदेखि भने प्रत्येक दिन दुई सय कामदारको भिसा प्रक्रिया शुरु गर्ने सेन्टरले बताएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु