Wednesday, June 16, 2021
HomeNewsरुपन्देहीबाट ढुंगा-गिट्टीका थप दुई टिपर र चार ट्याक्टर नियन्त्रणमा

रुपन्देहीबाट ढुंगा-गिट्टीका थप दुई टिपर र चार ट्याक्टर नियन्त्रणमा

- Advertisement -
- Advertisement -spot_img

रुपन्देही प्रहरीले खोला दोहनमा संलग्न दुई टिपर र चार ट्याक्टर नियन्त्रणमा लिएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कारयालय सालझन्डी र रन्यौराबाट खटिएको टोलीले गैरकानुनी रुपमा प्राकृतिक स्रोतसाधन ओसारपसारमा संलग्न टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका टिपरमा बाग्मती प्रदेश ०३००१ क ०१८३ र लु २ ख २१९५ छन् । यस्तै, लु३त ९७०५, लु४त ८६८२, लु३त ३६१३ र लु२त ३०२१ नम्बरको ट्याक्टर छन् ।

निषेधाज्ञा जारी भए पनि खोलानाला दोहनमा सक्रिय रहेका ती साधनलाई विभिन्न खोलानालाबाट आइतबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका टिपर र ट्याक्टरलाई जिल्ला समन्वय समितिमा आवश्यक कारबाहीको लागि पठाइएको रुपन्देहीका प्रहरी उपरीक्षक डा. मनोज केसीले बताए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय