Information is intelligence
HomeNewsबागमती प्रदेशको दुई स्थानीय तहमा उद्योग ग्राम स्थापनामा समस्या

बागमती प्रदेशको दुई स्थानीय तहमा उद्योग ग्राम स्थापनामा समस्या

- Advertisement -spot_img

मकवानपुर । बागमती प्रदेशको २ वटा स्थानीय तहमा जग्गा प्राप्तीको विवादका कारण पहिचान भइसकेको उद्योग ग्राम स्थापनाका लागि पूर्वाधार निर्माण कार्य सुरु हुन सकेको छैन ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका र सिन्धुलीको दूधौली नगरपालिकामा प्रदेश सरकारले उद्योग ग्राम स्थापनाको लागि आवश्यक अध्ययन र अनुसन्धान गरेर चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणको काम सुरु गर्न बजेट विनियोजनसमेत गरेको थियो । तर, विनियोजित बजेट अनुसार पहिचान भइसकेका उक्त दुई स्थानीय तहमा जग्गा प्राप्तिमा समस्या हुँदा पूर्वाधार निर्माण कार्य सुरु हुन नसकेको हो ।

पञ्चकन्या गाउँपालिकामा उद्योग ग्राम स्थापनाका लागि छनौट भएको जग्गाको भौगोलिक अवस्था निकै कमजोर र भिरालो रहेको र पूर्वाधार निर्माण कार्य गर्नु पूर्व नै भू–संरक्षण गर्नुपर्ने अवस्था रहेकाले उद्योग ग्राम स्थापनाको काम सुरु गर्न नसकिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धु प्रसाद ढुंगानाले बताए ।

सिन्धुलीको दूधौलीमा पनि उद्योग ग्राम स्थापना गर्न तयारी गरिएको क्षेत्र सामुदायिक वनमा पर्ने, वन फडानी हुने र जमिनको बनोट भिरालो भएकाले पूर्वाधार निर्माणको काम सुरु गर्न नसकिएको सचिव ढुंगानाले बताए ।

ती जिल्लाका स्थानीय तहका २ स्थानमा उद्योग ग्राम स्थापनाको लागि जग्गा छनौट तथा प्राप्तिका लागि विभिन्न व्यक्तिसँग पनि छलफल भइरहेको भन्दै आगामी आर्थिक वर्षमा उद्योग ग्रामको पूर्वाधार निर्माण कार्य संचालनका लागि मन्त्रालय सक्रिय रहेको उनको भनाई छ ।

कोरोना संक्रमणको जोखिमका कारण भौतिक रुपमा स्थलगत अवलोकनमा समस्या भएकाले पूर्वाधार निर्माणको काममा ढिलाई भएको सचिव ढुंगानाले जानकारी दिए ।

बजेटमा चालु आर्थिक वर्षमा पहिचान भएका ५ वटा र अन्य १० वटा स्थानीय तहमा अध्ययन र अवलोकन गरी उद्योग ग्राम स्थापनाको योजना तयार पारिएको थियो । उक्त योजना अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल ११ करोड रकम विनियोजन गरेको छ ।

उक्त योजना अनुसार मन्त्रालयले चितवनको भरतपुर महानगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकामा उद्योग ग्राम स्थापनाको लागि पूर्वाधार निर्माण कार्य अगाडि बढाइसकेको छ । तर, २ स्थानीय तहमा भने काम हुन सकेन ।

अन्य १० वटा स्थानीय तहमा भने जग्गा प्राप्ति, वातावरणीय अध्ययन तथा मुल्याङ्कन लगायतका काम भइरहेको र आगामी वर्ष पूर्वाधार निर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । त्यसका लागि प्रदेश सरकारबाट थप बजेटको व्यवस्था गर्ने  मन्त्रालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु