Thursday, June 17, 2021
HomeHealthप्रधानन्यायाधीश अस्वस्थ्य भएकाले आज संवैधानिक इजलास नबस्ने

प्रधानन्यायाधीश अस्वस्थ्य भएकाले आज संवैधानिक इजलास नबस्ने

- Advertisement -
- Advertisement -spot_img

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि आज सर्वोच्च अदालतको संवैधानिक इजलास नबस्ने भएको छ ।

सर्वोच्चका कर्मचारीले प्रधानन्यायाधीश जबरालाई बिसन्चो भएको संवैधानिक इजलासका अन्य न्यायाधीशहरूलाई जानकारी दिएका हुन् ।

योसँगै आज हुने भनिएको प्रतिनिधि सभा विघटन विरुद्धको रिटको सुनुवाइसमेत रोकिएको छ ।

आइतबार प्रधानन्यायीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहितको संवैधानिक इजलास गठन गरेका थिए ।

आइतबार न्यायाधीशको विषयमै विवाद भएपछि प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ हुन सकेको थिएन् । प्रधानन्यायाधीश जबराले आजका लागि पेशी तोकेका थिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय