Information is intelligence
HomeNewsगोकर्णेश्वर नगरपालिकामा भोलिदेखि भेरोसेल खोपको पहिलो डोज लगाइने

गोकर्णेश्वर नगरपालिकामा भोलिदेखि भेरोसेल खोपको पहिलो डोज लगाइने

- Advertisement -spot_img

गोकर्णेश्वर नगरपालिकामा भोलिदेखि भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ । यसका लागि नगरपालिकाले खोप केन्द्र तोकेको छ । ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई भोलि २५ गते मंगलबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप दिने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार गोकर्णको सहयोगी माध्यमिक विद्यालय र चामुण्डा माध्यमिक विद्यालय नारायणटारमा तोकिएको खोपकेन्द्रबाट खोप दिइने छ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाण पत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु