Information is intelligence
HomeHealthभारतमा एक लाख बढी संक्रमित थपिए, २४ सय २७ जनाकाे मृत्यु

भारतमा एक लाख बढी संक्रमित थपिए, २४ सय २७ जनाकाे मृत्यु

- Advertisement -spot_img

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार घट्ने क्रममा छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख भन्दा केही धेरै मात्रै नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार आइतबार थपिने नयाँ संक्रमितको संख्या एक लाख ६३६ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण दुई हजार ४२७ जनाको ज्यान गएको मन्त्रालयले उल्लेख गरेको छ ।

भारतमा कुल संक्रमितको संख्या दुई करोड ८९ लाख भन्दा धेरै पुगेको छ भने कोभिड–१९ बाट तीन लाख ४९ हजार भन्दा धेरैको ज्यान गएको छ ।

भारतमा अहिलेसम्म २३ करोड २७ लाख भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।

पछिल्लो केही दिनयता दोस्रो लहरको संक्रमण बिस्तारै कम हुँदै जाने क्रममा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु