Information is intelligence
HomeNewsमेरो छोराको हत्यारालाई कारवाही होओस् : गंगामाया अधिकारी

मेरो छोराको हत्यारालाई कारवाही होओस् : गंगामाया अधिकारी

- Advertisement -spot_img

गोरखाकी गंगामाया अधिकारीले आफ्नो छोराको न्यायका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छिन् ।

तत्कालिन माओवादीबाट हत्या भएका आफ्नो छोराको १७ वर्षसम्म पनि न्याय नपाएको भन्दै एक अपिल जारी गर्दै अधिकारीले राष्ट्रिय अन्तराष्ट्रिय समुदायसँग न्यायका लागि आग्रह गरेकी हुन् ।

हत्यामा संलग्न विरुद्ध मुद्दा दायर गरिएको भनिएतापनि अहिले ती सबैले सफाइ पाइसकेको जानकारी पाएकाले दोषीलाई खोजी कानुनी दायरमा ल्याउन उनको अनुरोध छ ।

१७ वर्षअघि अधिकारीका छोरा कृष्ण प्रसाद अधिकारीलाई तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले आजकै दिन चितवनमा हत्या गरेका थिए ।छोराको हत्यारा पत्ता लगाउन भन्दै २०६८ देखि गंगामाया र उनका श्रीमान् आमरण अनशनमा बसेकै बखत गंगामायाको श्रीमान नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते मृत्यु भएको थियो।

त्यसयता गंगामाया एक्लैले छोराको न्यायका लागि सबैसँग अनुनय गरिरहेकी छिन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु