Information is intelligence
HomeNewsआगलागीमा करिब छ लाखको क्षति

आगलागीमा करिब छ लाखको क्षति

- Advertisement -spot_img

सिरहाको लहान नगरपालिका–१७ गोविन्दपुरमा आगलागी हुँदा करिब रु छ लाखको सामान जलेर नष्ट भएको छ । स्थानीय पुष्पादेवी रामको घरमा हिजो साँझ आगलागी हुँदा रामको दुई वटा घर जलेर नष्ट हुँदा करिब डेढ लाख नगदसहित करिब रु छ लाखको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी श्रीमान्ले विदेशबाट साहुको ऋण तिर्न पठाएको नगद रु एक लाख, एक थान ल्यापटप, एसीडी, तीनवटा खसी बाख्रा र घरभित्र रहेको सम्पूर्ण खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको पीडितले बताएका छन् । आगलागीको कारण पत्ता नलागे पनि विद्युत चुहिएर भएको हुनसक्ने इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु