Information is intelligence
HomeNewsमातृभूमीको प्राकृतिक स्रोत र माटो बेचेर पद बचाउनु कुकृत्य: पूर्व सुरक्षाकर्मी परिषद्

मातृभूमीको प्राकृतिक स्रोत र माटो बेचेर पद बचाउनु कुकृत्य: पूर्व सुरक्षाकर्मी परिषद्

- Advertisement -spot_img

संसद विघटन भएपछि हालै सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ काे वार्षिक आय व्ययकाे विवरण अर्थात बजेट सार्वजनिक गरेको थियो ।

बजेटको बुंदा ११९ मा उल्लेख गरिएको कुरा र हालै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्रि भएका राजेन्द्र महत्तोले दिएको अभिव्यक्तिप्रति पूर्व सुरक्षाकर्मी परिषद् नेपालको ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ ।

आज(सोमबार) एक विज्ञप्ति जारी गर्दै परिषद्ले सो कुराको जानकारी गराएको हो । विज्ञप्तिमा नेपालमा पूर्व इलामदेखि पश्चिम कंचनपुरसम्म ३६ वटा जिल्लाहरुमा झन्डै ८०० कि. मी क्षेत्रमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा, निकासीको नाममा तराई, पहाड र हिमालका ठूलाठूला खानिहरु उत्खनन गरी गोप्य रुपमा खानिदेखि निकासी बिन्दुसम्म बिना निगरानी महत्त्वपूर्ण बहुमूल्य खनीजन्य चिजहरु ढुंगा, गिट्टी, बालुवाको मुल्यमा विदेशिने देखिनुका साथै प्राकृतिक सम्पतिको लुट गर्ने र तराई क्षेत्र भविष्यमा मरुभूमीकरण गराउने चेष्टा गरिनु अतिनै निन्दनीय र खेदजनक भएको उल्लेख गरेको छ ।

सरकारले जानिनजानी मुलुकको प्राकृतिक स्रोत र मातृभूमीको माटो बेचेर आफ्नो पद बचाउन कुकृत्य गरेको देखिएकाले सुरक्षाकर्मी परिषदले यसलाई जघन्य अपराध ठानेको पनि आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पूर्व सुरक्षाकर्मी परिषदले यो पूर्णत: राष्ट्रघात र राष्ट्रघाति कदम भएको दाबी गर्दै यस्तो काम बन्द गर्न जोडदार माग समेत गरेको छ  ।

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्रि राजेन्द्र महत्तोले नेपालको संबिधान उल्लेख भएको भन्दा विपरित अभिव्यक्ति दिएका कारण उनको पनि अहिले विरोद भइरहेको छ  । उनले नेपाललाई बहुराष्ट्र, बहुराज्य बनाउन मुक्ति आन्दोलन चलाउने जस्ता अभिव्यक्ति दिएका थिए र  सुरक्षाकर्मी परिषदले पनि आफ्नो ध्यानाकर्षण गर्दै आफ्नो अबिव्यक्ति फिर्ता लिई मन्त्रीपदबाट हटाई कारवाही गर्न र भविष्यमा यस प्रकारको गतिविदी हुन नदिन माघ गरेको छ ।

अन्तिममा  पूर्व सुरक्षाकर्मी परिषद्ले सुरक्षाकर्मिको हत्या गरेर जेल परेकालाई जेलमुक्त गर्ने जस्ता क्रियाकलाप जनताको कानुनी राज्यको नागरिक हक बिरुद्ध हुन् जाने भएकोले सम्पूर्ण पूर्व सुरक्षाकर्मी, पुर्व राष्ट्रसेवक तथा देशभक्त राष्ट्रवादीहरुमा यस्तो कदम विरुद्धमा आवाज उठाउन अपिल गरेकों छ  ।

आज जारी गरिएको विज्ञप्ति य्स्तो छ:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु