Information is intelligence
HomeEconomyबजेट कार्यान्वयनमा कुनै समस्या हुन्नः अर्थमन्त्री

बजेट कार्यान्वयनमा कुनै समस्या हुन्नः अर्थमन्त्री

- Advertisement -spot_img

सरकारले आगामी आर्थिक वर्ष २०७८७९ को बजेट कार्यान्वयनमा कुनै समस्या नहुने प्रस्ट पारेको छ ।

राजनीतिक समस्या, कोरोना महामारी, निर्वाचनका कार्यक्रम, बजेटको महत्त्वाकाङ्क्षा र सरकारको पुँजीगत खर्च क्षमताका कारण कार्यान्वयनमा समस्या हुने आलोचना भइरहेका बेला उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कार्यान्वयनमा कुनै समस्या नहुने स्पष्ट पारेका हुन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले सरोकारवालासँग गरेको अन्तक्र्रियामा सरकारले बजेट कार्यान्वयनका लागि अहिलेदेखि नै तयारी गरिरहेको र कुनै पनि कुराले कार्यान्वयन प्रभावित नहुने बताएका हुन् ।

विगतमा बजेटका कार्यान्वयनका लागि कार्यविधि निर्माणजस्ता कार्यले अवरोध गरेको देखिएकामा अहिले जेठभित्र यस्ता कार्यविधि तथा बजेट कार्यान्वयन कार्ययोजना तयार गर्न निर्देशन गरिसकिएको जानकारी दिए ।

बजेट नागरिकको जीवन रक्षा र दीर्घकालीन पूर्वाधार विकासका हिसाबले युगान्तकारी रहेको उनको भनाई छ । उनले सरकारले कोभिड महामारीमा जीवन रक्षाको प्रबन्धदेखि सामाजिक सुरक्षाका विभिन्न योजनामार्फत जीवनचक्रमा आधारित सामाजिक सुरक्षा व्यवस्थापन गरेको बताए ।

पूर्वाधार विस्तारका लागि गौरवका तथा रूपान्तरणकारी आयोजना सम्पन्न गर्न छुट्टै संयन्त्र बनाउन लागिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु