Information is intelligence
HomeNewsकिरियामा बसेका आमाछोरा जलेर घाइते

किरियामा बसेका आमाछोरा जलेर घाइते

- Advertisement -spot_img

फिदिम : ग्यास लिक भएर किरियापुत्री बसेको ठाँउमा आगलागी हुँदा पाँचथरको फिदिम नगरपालिका-४ जोरसालमा आमासहित दुई जना छोरा गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो दिवंगत भएका भगिरथ सापकोटाको किरियामा बसेकी ७२ वर्षीया सापकोटाकी श्रीमती चनमायासहित ४९ वर्षीय छोरा दिनानाथ र ३२ वर्षीया छोरा मदन सापकोटा घाइते भएका हुन् । सोमबार साँझ ८:४० बजे ग्यास लिक भएर भगिरथको किरियामा बसेका आमासहित दुई छोरा जलेर घाइते भएका हुन् ।

घाइते भएका तीनै जनाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रेफर गरिएको पारिवारिक स्रोतले जनाएको छ ।  आगलागीबाट अन्य क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी इनिस्पेक्टर डम्बदर विश्वकर्माले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु