Wednesday, June 16, 2021
HomeNewsमोरङमा चट्याङले एक जनाको मृत्यु

मोरङमा चट्याङले एक जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_img

विराटनगर : मोरङमा हावाहुरी र वर्षासहित परेको चट्याङले लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ । चट्याङ्ले लाग्दा बेलबारी नगरपालिका–५ कसेनीका ३८ वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घरको बरण्डामा खाना खाइरहेका बेला घरनजिकै परेको चट्याङ्ले लागेर चौधरी घाइते भएका थिए ।

साँझ ७:३० बजेतिर चट्याङ्ले लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि ल्याउँदै गर्दा राति ८ बजेतिर बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय