Friday, June 25, 2021
HomeEconomyलघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन गरिने

लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन गरिने

- Advertisement -
- Advertisement -spot_img

काठमाडौं : नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२औं स्थापना दिवसका अवसरमा सोमबार वेबिनारमार्फत गरिएको कार्यक्रममा बोल्दै उनीहरूले लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्ने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले अर्थतन्त्रको निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहकार्य सँगसँगै जाने नीति भएको बताए। लघु, साना तथा घरेलु उद्योगहरूको विकास, प्रवर्द्धन, संवद्र्घनमा सरकारको ध्यान गएको उनको भनाइ छ ।

साना उद्योगसँग सरकार सँगसँगै हिँड्ने, सरकारको तर्फबाट असल प्रयास भइरहने प्रतिबद्घता व्यक्त गर्दै उनले भने ‘जुनसुकै उद्योगलाई निश्चित पूर्वाधार सरकारले दिनुपर्छ’ उनले भने ।
नीति संरचना, सरल र सहज रूपमा पुँजीको उपलब्धता, श्रमिकको सुनिश्चितता, बजार पूर्वाधार र भौतिक पूर्वाधारमा सरकारले सहजीकरण गर्ने उनले बताए।  महासंघका अध्यक्ष श्याम गिरीले ससाना उद्योलाई नै प्राथमिकतामा राखेर अर्थतन्त्र अघि बढेको बताए । ग्रामीण अर्थतन्त्र र साना खालको उद्यम व्यवसायबाट मात्रै देश विकास सम्भव भएको उनले बताए। कृषि उद्यम र साना खालको उद्यम व्यवसायमा प्रत्यक्ष रूपमा पाँच लाख परिवार र अप्रत्यक्ष रूपमा अर्को १५ लाख परिवार जोडिएको उनले बताए ।

‘हाम्रो नेटवर्कमा रहेका ११ हजार महिला उद्यमीमध्ये दुई चार सयभन्दा बढीले सहुलियत कर्जा सुविधा प्राप्त गर्न सक्नु भएन।’ उनले भने, ‘शैक्षिक बेरोजगारलाई उद्यमी बनाउने चर्चा  गरिए पनि कार्यान्वयन हुन सकेन ।’ आगामी मौद्रिक नीतिमार्फत पुनर्कर्जा सुनिश्चित गर्न उद्योग मन्त्रालयले  पहल गर्नुपर्ने उनले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले चालू आर्थिक वर्षमा साना उद्योगका धेरै व्यवस्था गरिए पनि कार्यान्वयन हुन नसकेको भन्दै आउने आर्थिक वर्षमा कार्यान्वयन गर्न चनाखो हुनुपर्ने बताए । महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले देशको मेरुदण्डको रूपमा रहेका घरेलु तथा साना उद्योगहरूलाई प्रवर्द्धन गर्न सरोकारवालाको ध्यानकर्षण गराए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय