Information is intelligence
HomeHealthभारतमा दैनिक संक्रमित ८६ हजारमा झरे, मृतककाे संख्यामा पनि गिरावट

भारतमा दैनिक संक्रमित ८६ हजारमा झरे, मृतककाे संख्यामा पनि गिरावट

- Advertisement -spot_img

भारतमा दैनिक काेराेना संक्रमित भेटिनेकाे संख्यामा उलेख्य कमि आएकाे छ। मृतककाे संख्या पनि लगातार ओरालाे लागिरहेकाे छ ।

६३ दिनपछि भारतमा चाैबिस घण्टामा एक लाख भन्दा कम संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे चाैबिस घण्टामा ८६ हजार ४ सय ९८ संक्रमित फेला परेका छन् ।

याे अवधिमा २ हजार १ सय २३ जना संक्रमितकाे मृत्यु भएकाे छ ।

यस्तै चाैबिस घण्टामा १ लाख ८२ हजार २ सय ८२ जना संक्रमणमुक्त भएका मन्त्रालयले जानकारी दिएकाे छ ।

अहिलेसम्म भारतमा २ कराेड ८९ लाख ९६ हजार ४ सय ७३ जनामा संक्रमण भएकाे र त्यसमध्ये २ कराे८ ७३ लाख ४१ हजार ४ सय ६२ जना संक्रमणमुक्त भएकाे सरकारी तथ्यांक छ ।

मृतककाे संख्या ३ लाख ५१ हजार ३ सय ९ पुगेकाे छ। हाल भारतमा १२ लाख ३ हजार ७०२ सक्रिय संक्रमित रहेका छन् ।

अहिलेसम्म २३ कराेड ६१ लाख ९८ हजार ७ सय २६ जना भारतीयलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे खुराक दिइएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु