Information is intelligence
HomeInternationalदिल्लीमा मेट्रो सञ्चालन भएको पहिलो दिन नै चार लाख यात्रु

दिल्लीमा मेट्रो सञ्चालन भएको पहिलो दिन नै चार लाख यात्रु

- Advertisement -spot_img

नयाँ दिल्ली– भारतमा कोरोना भाइरसको संक्रमणमा तिब्र रुपले कमी आइरहेको छ । पछिल्लो २४ घण्टमा भारतमा एक लाख भन्दा कम संक्रमित थपिएका छन्, जुन ५ अप्रिल २०२१ पछि अर्थात ६२ दिनपछि पहिलो पटक हो । ५ अप्रिलमा भारतमा ९६ हजार ५ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै हरेक दिन भैरहेको मृत्युको संख्यामा पनि कमी आएको छ ।

भारतमा सोमबार ८७ हजार ३ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार १ सय १५ जना संक्रमितको निधन भएको छ । ६६ दिनपछि एक दिनमा थपिएको यो सबैभन्दा कम संक्रमण हो । यसअघि १ अप्रिल २०२१ मा भारतमा ८१ हजार नयाँ संक्रमण पुष्टि भएको थियो । त्यसपछि भारतमा लगातार संक्रमणको गति बढेको थियो । यसैबीच, भारतमा कोरोनाविरुद्धको खोपकै कारण यो राहत मिलेको निष्कर्ष निकालिएको छ ।

भारतमा संक्रमणको दर घटेसंगै दिल्लीमा अनलकको पहिलो दिन अर्थात सोमबार बजारमा भिड देखिएको छ । मेट्रोले आफ्नो सेवा दिन थालेको छ, जहाँ पहिलो दिन नै चार लाख मानिसहरुले यात्रा गरेका छन् । दिल्लीमा कोरोना भाइरसको विनाशकारी दोस्रो लहरबाट प्रभावित दिल्लीमा सोमबार अवस्था सामान्य जनजीवनको तर्फ बढेको देखिएको छ । करिव दुई महिनापछि दिल्लीका बजार तथा मलहरु पुन: खुलेका हुन् । दिल्लीमा मेट्रोको सेवा सोमबार करिव तीन हप्तापछि सुचारु भयो । अधिकारीहरुले मेट्रोमा सीट क्षमताको ५० प्रतिशत यात्रीमात्र बस्न पाउने छन् ।

उभिएर यात्रा गर्न अनुमति दिइएको छैन । मेट्रो सेवा सुचारु भएपछि दिल्लीका रिक्सा चालकहरु तथा अटोरिक्सा चालकहरुले राहतको सास फेरेका छन्, किनभने उनीहरुले अपेक्षाकृष धेरै यात्रु पाउने आशा गरेका छन् । दिल्लीमा जोर बिजोरका आधारमा बजार र मलहरु खुलेका हुन् । करिव डेढ महिनापछि मुम्बई समेत अनलक भएको छ, बसहरु सञ्चालनमा आएका छन् ।

मुम्बईमा हरेक दिन साँझ ४ बजेसम्म पसलहरु खुल्न थालेका छन् । महाराष्ट्रमा धेरै क्षेत्रमा निषेधाज्ञाहरु हटाइसका छन् । पुणेमा बस सेवाहरु सुचारु भएका छन्, सलून तथा बजार खुलेका छन् । राजस्थानमा पनि लकडाउनमा छुट दिइएको छ, बिहान ६ बजदेखि साँझ ४ बजेसम्म पसलहरु खुलेका छन् । पञ्जाबमा १५ जूनसम्म लकडाउन बढाइएको छ, तर आजदेखि बिस्तारै छूट दिइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु