Thursday, June 17, 2021
HomeNewsकालीकोट पहिलोपटक विद्ययुतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो

कालीकोट पहिलोपटक विद्ययुतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो

- Advertisement -
- Advertisement -spot_img

कालीकोट जिल्ला पहिलोपटक विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। कालीकोट सोमवारदेखि विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।

दैलेखको दुल्लुदेखि कालीकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएसँगै कालीकोटमा केन्द्रीय प्रशारण लाइनको बिजुली बल्न थालेको विद्युत् नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

कालीकोटमा सोमबार साँझदेखि नै राष्ट्रिय प्रशारण लाइनको बिजुली बल्न थालेको हो। अब कालीकोटमा विद्युत सेवा नियमित हुने प्राधिकरणले जनाएको छ ।

कालीकोटमा राष्ट्रिय प्रशारण लाइनको विजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन्। अब घर व्यवहारसँगै उद्योग र व्यपारमासमेत सहयोग पुग्ने अपेक्षा स्थानीयले लिएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय