Information is intelligence
HomeNews१७ वर्षिया छोरी बिहे गरिदिने बाबु पक्राउ

१७ वर्षिया छोरी बिहे गरिदिने बाबु पक्राउ

- Advertisement -spot_img

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा बालविवाह भइरहेको सूचनाको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा बेहुलीका बुबा सोही ठाउँका रामनारायण मण्डल, बेहुला इनरुवा नगरपालिका ४ का भरत मण्डल र बिहे गराउन भूमिका खेल्ने इनरुवा नगरपालिका ८ का सुरेन्द्र मेहता रहेका छन् । रामनारायणले जेट २२ गते आफ्नी १७ वर्षीया छोरीलाई २४ वर्षीय भरत मण्डलसँग बिहे गराउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई मुलुकी अपराध संहित २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १७३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । नेपालको कानूनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाउने कानूनी प्रावधान रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु