Information is intelligence
HomeNewsपेस्तोल र थ्रीनट थ्री राइफलको गोलीसहित समातिए दुई

पेस्तोल र थ्रीनट थ्री राइफलको गोलीसहित समातिए दुई

- Advertisement -spot_img

प्रहरीले मोरङ केराबारीबाट पेस्तोल तथा गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका-९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका-२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन् ।

प्रहरीले गणेश लिम्बुको घरबाट प्रहरीले कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको थोली पाँच थान, गोली लोड गर्ने चाचर दुई थान र पेस्तोलको गोली एक थान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार लिम्बुले वन्यजन्तु चोरी सिकारीका लागि हतियार र गोलीको बन्दोबस्त मिलाएको आशंका गरिएको छ ।

यस्तै, बेलबारीका पदम लिम्बुको को१च ८३६८ नम्बरको कारमा खुकुरी, चक्कु फेला परेको खनालले बताए ।

दुबैलाई हिरासतमा राखी हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको खनालले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु