Information is intelligence
HomeNewsचोरीमा संलग्न तीन जना पक्राउ

चोरीमा संलग्न तीन जना पक्राउ

- Advertisement -spot_img

पर्साको वीरगञ्जबाट लुटपाट र चोरीमा संलग्न तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.६ बस्ने वर्ष १९ को मुन्ना कुमार राम, वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष १९ को निरज नट र सोही स्थानमा  बस्ने बर्ष १९ को युवराज राय रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप तथा मोबाइल लगायतका सामान चरी भएपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले रामको घरमा तलासी लिएको थियो । त्यसक्रममा चोरी भएको ल्यापटप, मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरि जेठ २५ बीरगञ्ज महानगरपालिका वडा नं. ११, श्रीपुर बस्ने वर्ष ४५ की सकुन्तला मेहताले वीरगञ्ज वडा नं. ८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गर्दा घाँटीमा लगाएको सुनको सिक्री लुट्ने वडा नं.१६ बस्ने वर्ष १९ को निरज नट र सोही स्थानमा बस्ने बर्ष १९ को युवराज रायलाई तत्कालै अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले सिक्रीसहित नियन्त्रणमा लिएको थियो ।

उनीहरुसहितको समूह विगतदेखि नै पर्सा जिल्लाका विभिन्न स्थानमा भएका सुनको सिक्री लुट्ने घटनाहरूमा संलग्न भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई चोरी मुद्दामा सोही मितिमै पर्सा जिल्ला अदालतबाट पाँच दिनको  म्याद थप गरी अनुसन्धान तथा समूहमा रहेका अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु