Information is intelligence
HomeNewsप्रदेश–२ मा मन्त्रालय टुक्र्याएर मन्त्रिमण्डल विस्तार गरिँदै

प्रदेश–२ मा मन्त्रालय टुक्र्याएर मन्त्रिमण्डल विस्तार गरिँदै

- Advertisement -spot_img

प्रदेश नम्बर–२ मा सत्ता सहकार्यको लागि सत्तारुढ र विपक्षी दलका नेताबीचको बैठक सुरु भएको छ ।

मुख्यमन्त्री लालबाबु राउत र नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस भवनमा बैठक बसेको हो । मुख्यमन्त्री राउत र कांग्रेस संसदीय दलका नेता यादवबीच मन्त्रालय बाँडफाँडको विषयमा छलफल भइरहेको जनाइएको छ ।‌

पूर्वराजपातर्फका चार मन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री अल्पमतमा पर्ने डरले कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग सत्ता सहकार्यको लागि तीव्र रुपमा छलफल अगाडि बढाइएको छ । कांग्रेस र माओवादीले बढी मन्त्रालय मागेका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बताइन्छ छ ।

मन्त्रालय टुक्र्याएर दुवै दललाई सरकारमा सहभागी गराउने तयारी गरिएको छ । कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय मागेको छ । ६ मन्त्रालयलाई टुक्र्याएर १० वटा बनाउने तयारी गरिएको छ ।

आज कांग्रेस र माओवादीसँग सहमति गरी मन्त्रिमण्डल विस्तार हुने आन्तिरक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए । ‘६ वटा मन्त्रालयलाई १० वटा बनाउने हाम्रो पूर्वयोजना नै थियो । त्यसैअनुरुप आजको बैठकबाट १० वटा बनाउने तयारी भएको हो,” उनले भने, “तर,  मन्त्रालय फुटाउने विषयमा बैठकमै तय हुनेछ ।”

भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्रएर दुई–दुई वटा मन्त्रालय बनाउन लागिएको बुझिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु