Thursday, June 17, 2021
HomeCulture & Religionवटसावित्री व्रत

वटसावित्री व्रत

- Advertisement -
- Advertisement -spot_img

मैथिली समुदायका महिलाहरुले सौभाग्य प्राप्ति र सन्तानको सुस्वास्थ्यका लागि बटसावित्रीकाे ब्रत लिने गर्छन् । प्रत्येक वर्ष ज्येष्ठ औसीँको दिन मनाउने यो पर्व विवाहित महिलाहरुका लागि विशेष महत्वपूर्ण हुन्छ ।  यस अवसरमा महिलाहरु पोखरीको डिलमा रहेको बरको रुखमा पूजाआजा गर्ने गर्दछन् । तराईमा बट सावित्री पर्वको अवसरमा पूजा अर्चना गर्न गाउँघरमा रहेको बरको रुख नजिक बिहानैदेखि महिलाहरुको भिड लागेको छ ।

मिथिला संस्कृतिमा पतिलाई देवताको रुपमा पुजा गर्ने परम्परा रहेकाे छ । त्यसकारण बरको रुखलाई विवाहको लगन गाँठोको प्रतिक मानिने र रातो र पहेलो मंगलधागोले बेरी सविधि पुजापाठ गरे पतिको आयु लामो हुने जनविश्वास रहेको छ ।  नव विवाहित महिलाहरु एकदिन अगाडी नै चोखो भएर अरबा अरबाइइन (शुद्ध) खानेकुरा खाने गर्दछन् भने बट सावित्रीकाे व्रत  गर्ने सबै महिलाहरु नयाँ बस्त्र लगाई बट सावित्रीको गीत गाउँदै समुहमा पूजा गर्न बरको रुख नजिक पुग्ने गर्दछन् । बटसावित्रीको पूजा समाग्रीमा आँप, लिच्ची, मकैको लावा र दुध रहने गरेको छ ।

पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रुखको फेदमा बसेर कठोर ब्रत गरी आजैको दिन आफ्ना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले पनि आफ्ना पतिको दिर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । मिथिला संस्कृतिमा पतिलाई देवताको रुपमा पुजा गर्ने परम्परा रहेका कारण बरको रुखलाई विवाहको लगन गाँठोको प्रतिक मानिने र रातो र पहेलो मंगलधागोले बेर्ने र सविधि पुजापाठ गरे पतिको आयु लामो हुने जनविश्वास रहेको छ । यसैगरी वटसावित्रीकाे पुजा आरधना गरेर निसन्तानले सन्तानकाे सुख पाउन सक्छन् ।

वटसावित्री व्रत कथा :

सत्ययुगमा मद्र देशका राजा अश्वपतिकाे सन्तान थिएनन् । उनले सन्तान प्राप्तिका लागि अठार वर्षसम्म मन्त्र उच्चारण गर्नुका साथसाथै एक लाख आहुती दिए । अश्वपति राजाकाे कठाेर भक्तिका कारण भगवान् सावित्रीदेवी प्रसन्न भई राजाकाे सामु प्रकट भइन् । सावित्रीदेवीले राजाकाे इच्छा पूर्ण गरिन् । अश्वपति राजाकाे घरमा छाेरीकाे जन्म भयाे । सावित्रीदेवीकाे कृपा रहेकाले राजाले आफ्नी कन्याकाे नाम सावित्री राखे । कन्या सावित्री दिनदिनै ठूली अनि अत्यन्तै सुन्दरी हुँदै गइन् । सावित्रीकाे विवाह गर्ने बेला भइसक्दा पनि याेग्य वर नभेटिएकाले उनका पिता चिन्तित थिए । दुखी हुँदै उनले स्वयम् सावित्रीलाई नै आफ्नाे लागि उचित वर खाेज्न पठाए । याेग्य वर नभेटिएकाले सावित्री तपाेवनतिरै भड्किन थालिन् । त्यहीँ वनमा साल्व देशकाे राजा द्युमत्सेन बस्थे ।  द्युमत्सेन राजाकाे राज्य कसैले खाेसीदिएकाे रहेछ ।  द्युमत्सेन राजाकाे छाेराे सत्यवानलाई सावित्रीले देखेपछी उनी माेहित भइन् र सत्यवानलाई आफ्नाे पति बनाउने निर्णय गरिन् ।

भगवान् नारदमुनीलाई जब सावित्री र सत्यवानकाे विवाहकाे बारेमा खबर भयाे उनी तुरुन्तै अश्वपति राजाकाे सामु गए र भने “राजन ! याे तपाँईले के गर्दै हेनेहुन्छ ? सत्यवान गुणी ,बलवान् छन् र असल छन् । तर उनकाे आयु एकदमै छाेटाे छ । सत्यवानकाे अल्पायुमै मृत्यु हुनेछ र सावित्री विधुवा हुनेछिन् । ऋषिराज नारदकाे कुरा सुनेर  अश्वपति घोर चिन्तामा परे । पिता अश्वपतिले सत्यवानकाे अल्पायुमै मृत्यु हुने भएकाले सावित्रीलाई अरुनै जीवनसाथी बनाउन भने । सावित्रीलाई सत्यवान नै मन परेकाले उनले ऋषिराज नारदलाई सत्यवानसँग विवाह गर्ने कुरा राखिन् । धेरै दिनपछि सबैजना विवाहका लागि मञ्जुरी भए  र उनीहरुकाे विवाह भयाे । र तर ऋषिराज नारदले सावित्रीलाई पटक पटक सत्यवानकाे मृत्युकाे दिन नजिकै आएकाे खबर गरिरहे ।

एकदिन सत्यवान जङ्गलतिर लागे । उनी जङ्गलमा रुख काट्न थाले । सावित्रीपनि आफ्नाे पतिसँगै थिइन् । अचानक सत्यवानलाई टाउकाे दुख्याे र उनी रुखबाट तल झरे । सावित्रीले आफ्नाे पति सत्यवानकाे टाउकाे मिच्दिन थालिन् । त्यसैलेबेला परबाट उनले यमराज उनीहरु नजिकै आउँदै गरेकाे देखिन् । त्यसबखत उनलाई नारदकाेकुरा याद आयाे । यमराजले सत्यवानलाई लैजाने निधाे गरे तर सावित्री पनि यमराज र पति सत्यवान  सँगै जाने कुरा व्यक्त गरिन् । यमराजले उनलाई सँगै लिएर जान नमिल्ने भनी सावित्रीलाई फर्किन आग्रह गरे । सावित्रीले आफूँ सावित्रीदेवीकाे कृपाबाट जन्मिएकाे र सावित्रीदेवीकाे भक्तिबाट पतिव्रता भएकाे कुरा यमराजलाई सुनाइन् । अन्तत: यमराजले हार मानी सत्यवानलाई त्यहीँ छाेडी यमलाेकतर्फ प्रस्थान गरे ।

विशेषगरी वटसावित्री पर्व तराईतिर मनाइने गरिन्छ । जनकपुर सप्तरी सिरहा विरगन्जतिर याे पर्व हर्ष र उल्लासका साथ मनाइन्छ । साथीसँगीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि बटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, हँसीमजाक र घरायसी दुःखसुख एकार्कालाई सुनाउने अवसरसमेत हुने गरेकाे छ । मिथिलामा केही वर्ष पहिलेसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेको देखिन थालेको छ । मिथिलामा पछिल्लो समय विभिन्न जातजातिको  बस्ती बढ्ने क्रमले एकार्काको संस्कृति एवं परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेको मिथिला परम्पराका जानकार बताउँछन् । याे पर्व पति र सन्तानका लागि भएकाले पहाडी क्षेत्रमा बसाेबास गर्ने महिलाले पनि मनाउने गरेकाे पाइन्छ ।

वर्तमान स्थितिमा बाहिर निस्किन नमिल्ने भएकाले सबै व्रतालुहरुलाई घरमै सुरक्षित बसी याे पर्व मनाउन सरकारले आग्रह गरेकाे छ ।

वटसावित्री पर्वकाे शुभकामना !!!

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय