Information is intelligence
HomeNewsगण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

- Advertisement -spot_img

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका छन् ।

तर, उनको दल नेकपा (एमाले)सँग मात्र उनलाई पुग्ने विश्वासको मत छैन । गण्डकी प्रदेश सभामा ६० जना सदस्य छन् । यीमध्ये एमालेका २७ सांसद रहेका छन् । एमालेका यी सांसद पनि अहिले दुई पक्षमा बाँडिएका छन् । तर, गण्डकीमा माधव नेपाल पक्षका एक जना मात्र सांसद रहेका छन् । उनले यसअघि नै आफूले गुरुङलाई नै साथ दिने बताइसकेका छन् ।

अर्कोतिर विपक्षी गठबन्धनले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने निर्णउ गरेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपा रहेका छन् । यो गठबन्धनका लागि बहुमत पुर्याउन एक मतको आवश्यक रहेको छ । जनमोर्चाका तीन सांसद एकजुट नहुँदा गण्डकीमा विपक्षी गठबन्धनले पनि बहुमत पुर्याउन नसक्ने अनुमान गरिएको छ ।

गण्डकीमा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जसपाका २ र एक स्वतन्त्र सांसद रहेका छन् । विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारिएको छ ।

त्यसैले आजको गण्डकी प्रदेश सभालाई विशेष रुपमा हेरिएको छ । अब सत्ता र विपक्षी दुवैले बहुमत नपुर्याउँदा गण्डकीमा मध्यावधि निर्वाचन हुनसक्ने अनुमान पनि भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु