Information is intelligence
HomeEconomyप्रदेश २ सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

प्रदेश २ सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

- Advertisement -spot_img

प्रदेश २ सरकारले आज आगिमी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम ल्याउन लागेको छ ।

आज दिउसो ३ बजे प्रदेश सभा बैठक बस्दै छ। बैठकमा प्रदेश प्रमुख राजेश झाले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा आ–आफ्नो संस्कृति झल्किने पहिरनमा उपस्थित हुन सांसदहरूलाई आग्रह गरिएको छ ।

बुधबार मात्रै प्रदेश सभा सरकारमा कांग्रेसका तीन मन्त्री थपिएका थिए। अब नेकपा (माओवादी केन्द्र) पनि सरकारमा आउने जनाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु