Friday, June 25, 2021
HomeInternationalदक्षिण कोरियामा भवन भत्किँदा नौको मृत्यु

दक्षिण कोरियामा भवन भत्किँदा नौको मृत्यु

- Advertisement -
- Advertisement -spot_img

दक्षिण कोरियामा भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ ।

दक्षिणी शहर ग्वांगजूमा रहेको पाँच तले भवन भत्किँदा आठ जना घाइते भएको बीबीसीले जनाएको छ ।

भग्नावशेषमा अन्य केही हराइरहेको त्यहाँको सरकारले जनाएको छ । भवन भत्किनुको कारण भने नखुलेको अधिकारीहरुले जनाएका छन् ।

भवन नजिकै काम गरिरहेका मजुदर भने सकुसल रहेको बताइएको छ । सो भवन नजिकै पैदल यात्रा गरिरहेका केही सर्वसाधारण हराएको हुन सक्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन् ।

सन् १९९५ मा दक्षिण कोरियाको सियोलमा एक डिपार्टमेन्ट स्टोर क्षतिग्रस्त हुँदा कम्तिमा पाँच सय जनाको मृत्यु भएको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय