Information is intelligence
HomeNewsअर्घाखाँचीमा जीप दुर्घटना, एक जनाकाे ज्यान गयाे

अर्घाखाँचीमा जीप दुर्घटना, एक जनाकाे ज्यान गयाे

- Advertisement -spot_img

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका- ९ तारिकेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ ।

भूमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो । दुर्घटनामा परि भूमिकास्थान-९ का जीप चालक अन्दाजी २९ वर्षीय  रामबहादुर नेपालीको घटनास्थलमा नै ज्यान गएकाे स्थानीय माधव घिमिरेले जानकारी दिएका छन् । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियाे ।

गाडीमा चालक नेपाली मात्रै रहेका स्थानीयले बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु