Information is intelligence
HomeNewsविश्वासको मत लिने दिन मनाङे सम्पर्कविहीन

विश्वासको मत लिने दिन मनाङे सम्पर्कविहीन

- Advertisement -spot_img

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने दिनमा युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) सम्पर्कविहीन भएका छन् ।

विपक्षी गठबन्धनको पक्षमा रहने बताएका मनाङे बुधबार रातिदेखि सम्पर्क विहीन भएका हुन्। मनाङेले प्रयोग गर्दै आइरहेका मोबाइल नम्बरहरुमा सम्पर्क हुन सकेको छैन ।

बिहीबार बस्ने प्रदेश सभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदैछन् । गुरुङको पक्षमा संसद्मा बहुमत पुग्ने आधार छैन।मनाङे विपक्षी गठबन्धनको पक्षमा देखिँदा नयाँ सरकार बन्ने अवस्था निर्माण भएको छ । संविधानको १६८ (५) अनुसार बन्ने सरकारका लागि विपक्षी गठबन्धनलाई एक मत भए पुग्ने देखिएको छ। ३० सांसद रहेको विपक्षी गठबन्धनमा मनाङे थपिँदा बहुमत पुग्दछ ।

वैशाख १६ मा मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालय को जिम्मेवारी मनाङेलाई दिएका थिए। सत्ता टिकाउन मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालय टुक्राएर युवा तथा खेलकुद मन्त्रालय थपेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु