Information is intelligence
HomeNewsआयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ

आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ

- Advertisement -spot_img

कर्णाली : प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका तिनै जना नाबालक हुन् ।

प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा शङ्कर रिजाल, डा यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद घर्तीले मदिरा सेवन गरी हातपात गरेको खुल्न आएको र विस्तृत अनुसन्धानपछि थप वास्तविकता पत्ता लाग्ने बताए । आयुर्वेद अस्पताल प्रमुख डा रिजालले घटनाको अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न कार्यालयको तर्फबाट प्रहरीसमक्ष लिखित निवेदन दिएका छन् । “घटनामा अरु कुनैको संलग्नता छ कि नाबालकको यो समूह मात्रै हो भन्ने बुझ्न बाँकी छ”, जिल्ला प्रहरी प्रवक्ता घर्तीले भने । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु