Thursday, June 17, 2021
HomeNewsबादलसहितका नेताहरुको प्रवेश वैधानिक भएको शंकर पोखरेलको दाबी

बादलसहितका नेताहरुको प्रवेश वैधानिक भएको शंकर पोखरेलको दाबी

- Advertisement -
- Advertisement -spot_img

प्रधानमन्त्री केपी ओलीका हरेक कदममा बचाउमा उत्रिंदै आएका शंकर पोखरेलले अदालतको निर्णयले रामबहादुर थापा बादलसहितका पूर्व माओवादीका नेताहरु अवैधानिक नहुने बताएका छन् ।

आयोजक कमिटी गठन हुनुपूर्व नै केन्द्रीय कमिटीको बैठकले बादलसहितका पूर्व माओवादीका नेताहरुलाई केन्द्रीय सदस्यमा समावेश गरेको भन्दै अदालतको निर्णय त्यससँग सम्बन्धित नभएको उनले बताएका हुन् ।

‘आयोजक कमिटी गठन हुनुपूर्व नै केकको बैठकले बादलसहितका कमरेडहरुलाई केकमा समावेश गरेको हो । अदालतको निर्णय त्यससंग सम्वन्धित छैन।’ पोखरेलले सामाजिक संजालमा लेखेका छन् ।

सर्वोच्च अदालतले आयोजक कमिटीले प्रदेश सांसदहरूलाई गरेको कारबाहीलाई अवैधानिक भनेको थियो ।

पोखरेलले शुक्रबार बिहान पनि सामाजिक संजालमा लेख्दै नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुबहु भए पनि त्यस सम्वन्धमा सर्वोच्चका परमादेश थिए भन्दै सर्वोच्चले नै उल्टाइदिएकोमा प्रश्न गरेका थिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय