Information is intelligence
HomeSportsविश्वकप छनोटमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै

विश्वकप छनोटमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै

- Advertisement -spot_img

फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज ‘शुक्रबार’ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।यो खेल जित्ने नेपालको सम्भावना कुनै पनि कोणबाट देखिँदैन । तर नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने नेपाली टिमले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरिरहेका छन् ।

उनले युवा खेलाडी निकै नै सेट रहेकाले आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने बताएका हुन् । तर नेपालको राम्रो प्रदर्शन भनेको अष्ट्रेलियासँग कमभन्दा कम गोल खानु नै हो ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

समूहमा ६ खेलबाट १८ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपाल ६ अंकसहित चौथो स्थानमा छ । पाँच टिम सहभागी समूहमा नेपालले पुछारको चाइनिज ताइपेईलाई दुवै खेलमा हराउँदा जोर्डन र कुवेतसँग दुवै खेल हारेको थियो ।

समूहको एक मात्र अपराजित टोली अष्ट्रेलियाले पहिलो खेलमा नेपाललाई घरेलु मैदानमा ५–० गोल अन्तरले हराएको थियो । सन् २०१९ मा अष्ट्रेलियाको घरेलु मैदानमै नेपालले मात्र ५ गोल खाँदा नेपाली टिमको प्रशंसा भएको थियो ।

अष्ट्रेलियाले फिफा वरियतामा निकै नै तल रहेको नेपाललाई जम्मा ५ गोलले हराउँदा थकथक मानेको थियो । अर्थात् नेपालले अष्ट्रेलिया जानुअघि नै पहिलो पटक खेल्दै गर्दा कम्तीमा एक दर्जन गोलको भारी बोक्नुपर्ने हो कि भन्ने आशंका गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु