Information is intelligence
HomeNewsसुनको भाउ ६०० ले बढ्यो

सुनको भाउ ६०० ले बढ्यो

- Advertisement -spot_img

सुनचाँदीको भाउ फेरि बढेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९३ हजार ९०० रुपैयाँ थियो भने बुधबार ९४ हजार २०० थियो ।‌

यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ६०० रुपैयाँले नै बढेर तोलाको ९४ हजार पुगेको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार तोलाको १३ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार १३ सय ७० पुगेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु