Information is intelligence
HomeSportsयुरो कप फुटबल आजदेखि

युरो कप फुटबल आजदेखि

- Advertisement -spot_img

कोरोना भाइरस महामारीका कारण गत वर्ष स्थगित भएको युरो २०२० फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । प्रतियोगिताको सुरुवाती खेलमा पूर्व विजेता रहिसकेको इटलीले रोम सहरमा टर्कीको सामना गर्नेछ ।

प्रतियोगिताको सुरुवाती खेलमा दर्शकदिर्घामा १६ हजार जना उपस्थित हुनेछन् । यो सङ्ख्या स्टेडियो ओलम्पिकोको एक चौथाइ हो ।

प्रतियोगिताका खेलहरु युरोपका विभिन्न १२ देशमा आयोजना हुँदैछन्। प्रतियोगिताका खेलहरू लन्डन, सेन्ट पिटर्सवर्ग, बाकु, म्युनिख, रोम, एम्स्टरड्याम, बुचारेस्ट, बुडापेस्ट, कोपेनहेगन, ग्लासगो र सेभियामा आयोजना हुनेछन् ।

प्रतियोगितामा २४ टोली सहभागी छन् भने पहिलो चरणमा ४/४ टोलीका ६ वटा समूह रहनेछन्। समूहका विजेता र उपविजेतासहित सर्वोत्कृष्ट चार वटा तेस्रो टोली पनि प्रिक्वाटरफाइनल पुग्नेछन्।

पोर्चुगल साविक विजेता हो। फाइनलमा फ्रान्सलाई १-० गोलले हराएर पोर्चुगलले गत संस्करणको उपाधि जितेको थियो। पहिलो दिन एउटा मात्र खेल हुने छ।

प्रतियोगितामा कुल ५१ खेल हुनेछन् ।

समूह ए : टर्की, इटली, वेल्स, स्विजरल्यान्ड

समूह बी : डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रुस

समूह सी : नेदरल्यान्डस्, युक्रेन, अस्ट्रिया, उत्तरी मेसिडोनिया

समूह डी : इङ्ल्यान्ड, क्रोयसिया, स्कटल्यान्ड, चेक गणतन्त्र

समूह ई : स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया

समूह एफ : हङ्गेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय