Information is intelligence
HomeNewsओली सरकारले सर्वसत्तावादी अनुहार देखायो: नागरिक आन्दोलन

ओली सरकारले सर्वसत्तावादी अनुहार देखायो: नागरिक आन्दोलन

- Advertisement -spot_img

काठमाडौं | बृहत् नागरिक आन्दोनलले केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो सर्वसत्तावादी अनुहार पुनः देखाएको बताएको छ ।

शुक्रबार नागरिक आन्दोलनका १८ जना अभियन्ताहरुलाई पक्राउ गरिएपछि विज्ञप्ति जारी गर्दै आन्दोलनले यस्तो बताएका हो । ‘

लोकतान्त्रिक पक्रिया र संविधानलाई नै घातक प्रहार गर्न उद्धत ओली सरकारले जनस्वास्थ्यका पक्षमा उत्रिएका अभियन्ताहरुलाई गिरफ्तार गर्दै आफ्नो सर्वसत्तावादी अनुहार फेरि प्रदर्शन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै विज्ञप्तिमा पक्राउ गरिएका अभियन्ताहरुलाई तत्काल रिहाइको माग गरिएको छ । रिहाइ नगरिए थप कडा संघर्षका कार्यक्रमहरु अघि सार्ने चेतावनीसमेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय