Information is intelligence
HomeNews२४ घण्टामा ५ हजार २२५ संक्रमणमुक्त

२४ घण्टामा ५ हजार २२५ संक्रमणमुक्त

- Advertisement -spot_img

गएको २४ घण्टामा नेपालमा ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१५ हजार १८२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्।

पीसीआर विधिबाट ९ हजार ५९८ जनाको परीक्षण गर्दा २ हजार ७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, आज ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन्। हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन्।

यस्तै, ६७ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। याे सँगै  ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु