Information is intelligence
HomeNewsमनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुका समस्या सम्बन्धमा जुम मार्फत छलफल

मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुका समस्या सम्बन्धमा जुम मार्फत छलफल

- Advertisement -spot_img

२८ जेठ २०७८ शर्मिला विश्वकर्मा, काठमाण्डौं

कोरोना भाइरसको संक्रमणको कारण विगत डेढ महिना देखि खजारी गरिएको निषेधाज्ञाको कारण मनोरञ्जन क्षेत्र अन्र्तगत होटेल, रेष्टुरेन्ट, क्लब, दोहोरी साँझ लगायतका मनोरञ्जनका क्षेत्रमा कार्यरत श्रमिकहरुका समस्याहरुका विषयमा विश्वास नेपालको आयोजनामा जुम मार्फत आज जेठ २८ गते छलफल गरिएको हो ।

सो छलफलमा आयोजक संस्था विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले कोरोनाको दोस्रो भेरियन्टका कारण जारी निषेधाज्ञामा २५ जना श्रमिकले रोजगारी गुमाएर खान, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेको बताइन ।

सो संस्थाका अनुसार गत वर्ष कोरोना महामरीमा रोजगारी गुम्दा मनोरञ्जन क्षेत्रका दुईसय ९९ जनाले आत्महत्या गरेको र यस क्षेत्रमा आठ लाखले रोजगारीमा आवद्ध भएको र कोरोना संक्रमणको पहिलो चरण देखि नै यस क्षेत्रको व्यवसाय ठप्प रहेको कारण श्रमिकहरु समस्यामा परेको पनि बताइएको थियो ।

विश्वास नेपालले शुक्रबार आयोजित भर्चुअल कार्यक्रममा परियोजना संयोजक बिवेक शर्माले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरुको समस्या, श्रम ऐनले गरेका व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।  यसै क्रममा उनले कोरोना भाइरसको संक्रमणको कारण रोजगारी गुमाउनु पर्दा श्रमिकले कोठाबाट निकालिनु पर्ने, खाद्यान्न अभाव लगायतका समस्याले मानसिक समस्या झेलिरहेको पनि बताए ।

त्यसै गरी संस्थाका पैरवीकर्ता रसना ढकालले जुन सुकै क्षेत्रको रोजगारी आफैंमा नराम्रो नहुने तर पनि मनोरञ्जनको क्षेत्रलाई समाजको हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै रोजगारी, व्यवसायमा स्वास्थ्य, श्रमिकको हक अधिकार तथा जिम्मेवारी पूर्ण सेवा प्रवद्र्धनका लागि सञ्चार क्षेत्रले नियम कानूनको कार्यान्वयनको लागि सम्बन्धीत निकायसँग सहकार्य गरेर काम गर्नु पर्ने कुरामा जोड दिइएकी थिइन ।

विश्वास नेपाल संस्थाले कोरोना संक्रमणको कारण दोस्रो चरणको निषेधाज्ञा पछि मनोरञ्जन क्षेत्रमा कार्यरत समपर्कमा आएका श्रमिकहरुलाई मनोसामाजिक परामर्श, खाद्यान्न लगायतका सहयोग उपलब्ध गराउँदै आएको र आर्थिक उपार्जनको बैकल्पिक स्रोतका लागि क्रिष्टलका माला, झुम्का, चुरा, पोते लगायतका सामाग्रीहरु बनाउने तालिम प्रदान गर्दै आएको पनि जानकारी गराइएको थियो ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय