Information is intelligence
HomeSportsविश्‍वकप छनौटमा अस्ट्रेलियासँग नेपाल पराजित

विश्‍वकप छनौटमा अस्ट्रेलियासँग नेपाल पराजित

- Advertisement -spot_img

कतार विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग ३-० गोलले पराजय ब्यहोरेको छ।

कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो। अस्ट्रेलियाले दोस्रो हाफमा एक गोल मात्र गर्न सक्यो।  छैटौँ मिनेटमा अग्रता लिएको अस्ट्रेलियाले ३८ औँ मिनेटमा त्यसलाई दोब्बर बनाएको थियो। ४५ औँ मिनेटमा नेपालका अनुभवी डिफेन्डर रोहित चन्दले सोझै रातो कार्ड पाएका थिए।

वन भर्सेस वनको प्रयाशमा अगाडि बढिरहेका अस्ट्रेलियाका खेलाडीलाई डि बक्सबाहिर पछाडिबाट तानेपछि रोहितलाई सोझै रातो कार्ड देखाइएको थियो। अस्ट्रेलिया ५७ औँ मिनेटमा ३-० गोलले अगाडि बढ्यो। नेपालका गोलकिपर किरणकुमार चेम्जोङले केही आकर्षक बचाउ गरे।

नेपाल ८ खेलबाट ६ अंक जोडेर समूहको चौथो स्थानमा रह्यो। नेपालले चाइनिज ताइपेईविरुद्धका दुवै खेल जितेको थियो। अन्य तीनवटै टोलीसँग भएका सबै खेलमा नेपाल पराजित भयो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु