Information is intelligence
HomeSportsयुरोकपमा इटलीको उत्कृष्ट सुरुआत

युरोकपमा इटलीको उत्कृष्ट सुरुआत

- Advertisement -spot_img

युरोकप फुटबलमा इटलीले उत्कृष्ट सुरुआत गरेको छ । रोमस्थित ओलम्पिक रंगशालामा घरेलु टोलीले टर्कीलाई ३–० ले हराएको हो । खेलमा उत्कृष्ट सुरुआतका बाबजुद गोल गर्न भने इटलीले दोस्रो हाफसम्म कुर्नुपरेको थियो ।

टर्कीका डोमिनिको बरार्डीले आत्मघाती गोल गरेसँगै अग्रता लिएको इटलीका लागि सिरो इम्मोबिल र लोरेन्जो इन्जाघीले १–१ गोल गरे । खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले अग्रता बनाएको थियो ।

६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए । ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए ।

समूह एमा इटली र टर्कीसँगै वेल्स र स्विचरल्यान्ड पनि  छन् । वेल्सी स्विचरल्यान्डबीच आज प्रतिस्पर्धा हुँदैछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु