Information is intelligence
HomeSportsयुरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदै

युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदै

- Advertisement -spot_img

काठमाडौँ- युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् ।

आज समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच पहिलो प्रतिस्पर्धा हुनेछ । अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ  ।

वेल्स र स्विजरल्याण्ड दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस्तै समूह ‘बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुनेछ । डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९:४५ बजे हुनेछ । समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुनेछ । रुसमा हुने दुई टिमबीचको खेल राति १२:४५ बजे हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु