Information is intelligence
HomeNewsपहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

- Advertisement -spot_img

वालिङ : हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड बन्द भएको हो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए । सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिए पनि पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने भएको छ । सडकमा अहिले सवारी साधनहरुको जाम रहेको छ । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु