Information is intelligence
HomeNewsगण्डकीका मुख्यमन्त्री नेपाली सहित पाँच मन्त्रीद्वारा सपथ

गण्डकीका मुख्यमन्त्री नेपाली सहित पाँच मन्त्रीद्वारा सपथ

- Advertisement -spot_img

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल सहित पाँच जना मन्त्रीले सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई सपथ गराउनु भएको हो । प्रदेशमा ११ वटा मन्त्रालय छन् । नेपालीले सबै मन्त्रालय आफैले राखेर चार मन्त्रीलाई बीना विभागीय मन्त्रीको रुपमा नियुक्त गरेका हुन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले शनिबार दिउँसो तीन बजेसम्मका लागि बहुमत प्राप्त गर्ने आधार सहित मुख्यमन्त्रीमा दावी गर्न आव्हान गरेकोमा विपक्षी गठबन्धनका तर्फबाट पोखरेलको मात्र दावी प्राप्त भएको थियो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र
गरी ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित पोखरेलले मुख्यमन्त्रीमा दावी प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय