Information is intelligence
HomeNewsगण्डकी प्रदेश महान्यायाधिवक्ताले दिए राजीनामा

गण्डकी प्रदेश महान्यायाधिवक्ताले दिए राजीनामा

- Advertisement -spot_img

पोखरा- गण्डकी प्रदेश महान्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले राजीनामा दिएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उनले आज राजीनामा दिएको जनाएका छन् ।

निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले घिमिरेलाई २०७४ फागुन २१ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

लमजुङ स्थायी घर भएका घिमिरेले प्रदेश कानुन निर्माणका लागि ३ वर्ष ३ महिना काम गरे। राजीनामा पत्रमा उनले कार्यसम्पादनका क्रममा त्रुटि भएमा माफी मागेका छन् ।

साथै उनले आफ्नो कार्यकालमा सहयोग गर्नेलाई धन्यवाद पनि दिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु