Information is intelligence
HomeNewsघरायसी समस्याका कारण श्रीमतीमाथि एसिड प्रहार

घरायसी समस्याका कारण श्रीमतीमाथि एसिड प्रहार

- Advertisement -spot_img

रौतहटमा एक श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । घरायसी विवादमा एसिड प्रहार गरिएको प्रहरीले जनाएको छ ।

रौतहटको चन्द्रपुर नगरपापिलका–४ की ३८ वर्षीया दिपिका विकलाई उनका ४२ वर्षीय श्रीमान दिपक विकले एसिड प्रहार गरेका हुन् ।

पीडित महिलाको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको शरीरको करिब १८ प्रतिशत भाग जलेको छ । उनको देब्रे हात र पेट जलेको छ।

श्रीमानले दिपिकालाई कुट्दा विवाद भएको थियो । विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएर आउँदा बोतलमा ल्याएको एसिड छ्यापेका थिए । प्रहरीले दिपकलाई पक्राउ गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु