Information is intelligence
HomeNewsढुंगा–गिटी निकासीको निर्णय फिर्ता लिन पाँच पूर्वप्रधानमन्त्रीको माग

ढुंगा–गिटी निकासीको निर्णय फिर्ता लिन पाँच पूर्वप्रधानमन्त्रीको माग

- Advertisement -spot_img

पाँचजना पूर्वप्रधानमन्त्रीले ढुंगा, गिटी निकासीसम्बन्धी निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
शनिबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले ढुंगा, गिटी निकासीको निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । संयुक्त विज्ञप्ति जारी गर्नेमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई छन् ।
“ढुंगा गिटी निकासीसम्बन्धी निर्णय तत्काल फिर्ता लिन माग गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् ।”
प्रधानमन्त्री केपी ओलीबाट एकपछि अर्को गरी संविधानमाथि प्रहार भइरहेको पनि उनीहरुको भनाइ छ । उनीहरुले यस्तो अवस्थामा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप तथा चलखेल हुन नपाओस् भनी सजगता अपनाउन सबैको ध्यान आकर्षित पनि गरेका छन् । नेपाली जनताको लामो र कठोर संघर्ष तथा आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानुनको शासनमाथि नै घात गरिएको पनि उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु