Information is intelligence
HomeNewsअसार १ गतेदेखि सडक खन्न नपाइने

असार १ गतेदेखि सडक खन्न नपाइने

- Advertisement -spot_img

सरकारले असार १ गतेदेखि  सडक खन्न नदिने भएको छ । वर्षायाममा सडक खन्दा तत्काल मर्मत सम्भार गरि यथास्थितिमा ल्याउन नसकिने र सडक पनि बिग्रने भएकाले  सडक बिभागले सडक खन्न नदिने

अब असार १ गतेदेखि कुनै पनि धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्न पाइने छैन ।

विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले २०७८ साल असार १ गतेदेखि देखि २०७८ साल भदौ मसान्तसम्म कार्यालय अन्तर्गतका सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्नको लागि स्वीकृति नदिने भएको हो ।

कसैले जबर्जस्ती सडक खने सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारवाही गरिने कार्यालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु