Information is intelligence
HomeNewsनिषेधाज्ञामा दैनिक १० लाख यातायात मजदुर बेरोजगार, झण्डै ४० लाख परिवार समस्यामा

निषेधाज्ञामा दैनिक १० लाख यातायात मजदुर बेरोजगार, झण्डै ४० लाख परिवार समस्यामा

- Advertisement -spot_img

काठमाण्डाै – निषेधाज्ञाको समयमा दैनिक झण्डै १० लाख यातायात मजदुरको रोजगारी गुमेको छ । निषेधाज्ञाका कारण सार्वजनिक गाडी नचल्दा यातायात क्षेत्रमा आबद्ध १० लाख मजदुर बेरोजगार भएका नेपाल यातायात व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाले यातायात व्यवसायमा आश्रित झण्डै ४० लाख परिवार समस्यामा परेका छन् । १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र पूर्ण रुपले प्रभावित भएको छ । झण्डै चार लाख गाडी थन्किँदा अर्बौँको नोक्सानी भएको व्यवसायीले बताएका छन् ।

महासचिव सिटौलाका अनुसार थन्किएका गाडी राखेकै ठाउँमा खिइने अवस्थामा पुगेका छन् । निषेधाज्ञाको समयमा गाडीको बीमा, ब्लु बुक नवीकरणलगायत यातायात क्षेत्रमा लाग्ने कुनै कर र शुल्क लिन नहुने र मजदुरहरुलाई सहुलियत दिनुपर्ने उहाँको माग छ । महासङ्घका अनुसार  अघिल्लो  वर्ष पनि लकडाउनका कारण साढे दुई लाख मजदुरको रोजगारी गुमेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु