Information is intelligence
HomeSportsलुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

- Advertisement -spot_img

रोमेलु लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले युरोपियन च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

समूह ‘बी’ मा रहेको बेल्जियमले आफ्नो पहिलो खेलमा रुसलाई ३–० गोल अन्तरले पराजित गर्यो। बेल्जियमको जितमा फरवर्ड रोमेलु लुकाकुले २ तथा थोमस मुनिएरले एक गोल गरे।

खेलको १० औँ मिनेटमा नै लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। ३४ औं मिनेटमा थोमस मुनिएरले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २–० ले अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा एक गोल थप्यो। ८८ औं मिनेटमा मुनिएरको क्रसमा लुकाकुले गोल गर्दै ३–० ले अग्रता बनाए। लुकाकुले पछिल्ला १५ खेलमा २० गोल गरेका छन्।

जितसँगै बेल्जियमले अंक तालिकामा ३ अंक जोड्दै शीर्ष स्थानमा छ। त्यति नै अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा छ। अंक विहिन डेनमार्क तेस्रो र रसिया चौथो स्थानमा छ।

लुकाकुको गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

रोमेलु लुकाकुले रुसविरुद्धको खेलमा गरेको पहिलो गोल डेनमार्ककका क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित गरेका छन् ।

खेलको १० औं मिनेटमा गोल गरेपछि आफ्ना साथीहरुलाई अभिवादन गर्ने मैदानको साइडमा राखिएको टेलिभिजन क्यामेरा नजिक आए । यसपछि लेन्सतर्फ फर्किएर चिच्याए – क्रिस आई लभ यु ।

शनिबार राति डेनमार्क र फिनल्यान्डबीचको खेल चलिरहदाँ एरिक्सन मैदानमै ढलेका थिए । त्यसपछि लामो समयसम्म उक्त खेल स्थगित भएको थियो । अस्पतालमा एरिक्सनको स्वास्थ अवस्था स्थिर देखिएपछि यता, फेरि खेल सुरु गरियो र उक्त खेलमा फिनल्यान्डले १–० को जित निकाल्यो ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय