Information is intelligence
HomeSportsयूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

- Advertisement -spot_img

एजेन्सी– १६ औं संस्करणको यूरो कप फुटबल अन्तर्गत आज आइतबार विभिन्न तीन खेलहरु हुँदैछन् ।

यूरो कपमा आज समूह सीका दुई खेलहरु तथा समूह डीको एक खेल हुनेछ ।

आज हुने पहिलो खेलमा समूह डीमा रहेको इङ्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजेदेखि सुरु हुनेछ ।

आज दुबै टिम जीत निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । दुबै टिमलाई यो पटक उपाधिको दाबेदार मानिएको छ ।

त्यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह सीमा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९:४५ बजेदेखि सुरु हुनेछ ।

आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुनेछ ।

समूह सीको नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ ।

दुई टिमबीचको खेल राति १२:४५ बजेदेखि सुरु हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु