Information is intelligence
HomeNews२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार ५ सय १७ पीसीआर र ४ हजार ८ सय ८९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको हो। पिसिआरमा १ हजार ६९४ र एन्टीजेनमा ७१३ जनामा पोजिटिभ देखिएको हो।

देशभर आज ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ६४ हजार ७४४ जना होम आइसोलेसन र ५ हजार २११ जना संस्थागत आइसोलेसनमा रहेको छन् । आज ५४८ जना क्वारेन्टाइनमा रहेका छन्।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेको छ। यस्तै गत २४ घण्टामा ३ हजार ९९४ जना संक्रमित निको भएका छन्। योसँगै नेपालमा हालसम्म ५ लाख ३१ हजार १०५ जना संक्रमित निको भइसकेका छन्। यता उक्त अवधिमा ४६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म ८ हजार ४१३ जना संक्रमितको मृत्यु भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु