Information is intelligence
HomeEntertainment & Artsगोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

- Advertisement -spot_img

काठमाडौँ | २०५४ सालमा सुनसरी इनरुवाका गीतकार गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतिका रूपमा शुक्रबार सार्वजनिक गरिएको छ ।

सङ्केत अगस्तीको सङ्गीत सिर्जना तथा निर्देशनमा तयार गरिएको ‘साइँलीको सम्झना’ अग्रज गीतकारहरू कृष्णहरि बराल, दिनेश अधिकारी, सुवासचन्द्र ढुङ्गेलको उपस्थितिमा शुक्रबार सवा ३ बजे जुम मिटिङमार्फत सार्वजनिक गरिएको हो ।

श्रेय अगस्तीले गाएकोगीतको म्युजिक भिडियो जेनेक्स मिडिया नेपाल युटुब च्यानलमा राखिएको छ । पुरुषोत्तम न्यौपानेको सङ्गीत संयोजन रहेको प्रस्तुत लघु गीति–सिनेमामा रिवाज गौतम, सुशिक्षा पराजुली, कन्चन नेपाल आचार्य, मनसुन पान्डे, श्रेय अगस्ती, साक्षी अगस्ती, नरेश भुर्तेल, प्रदिप खड्का, रिस्ता आचार्य, प्रत्युसा काफ्ले, बेबि एरीको अभिनय रहेको छ ।

निर्माता सुनिता ढुङ्गेल, छायाकार सुमन मगर रहेको सो म्युजिक भिडियोको सम्पादन अनिलकुमार महर्जनले गरेका छन् ।

युटुब च्यानलमा राखिएको ‘साइँलीको सम्झना’ गीतले गर्ने आम्दानी स्पाइनल मस्कुलर एट्रोफी नामक गम्भीर रोगबाट ग्रसित बालिका सियोना श्रेष्ठ बचाउ अभियानमा खर्च गरिने निर्देशक अगस्तीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय