Information is intelligence
HomeInternationalपत्रकार महासङ्घ बेलायतमा नयाँ नेतृत्व

पत्रकार महासङ्घ बेलायतमा नयाँ नेतृत्व

- Advertisement -spot_img

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित भएका छन् । महासङ्घको अध्यक्ष पदका लागि अन्नपूर्ण दैनिकका बेलायत संवाददाता एवं बेलायतबाट प्रकाशित हुने नेपाली लिङ अनलाइनका सम्पादक ध्रुवराज अर्याल र बेलायतबाटै प्रकाशन हुने विनेपाली अनलाइनमा आबद्ध पत्रकार श्याम लुईंटेल थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्षका लागि दिनेश परियारले सञ्जयभक्त कंडेललाई तथा महासचिवमा नरेन्द्र बस्नेतले बेलायतबाट प्रकाशन हुने साउथ एशिया टाइम्स अनलाइनका सम्पादक जगन कार्कीलाई पराजित गरेका छन् । वरिष्ठ उपाध्यक्षमा विजयी परियार लामो समयदेखि पत्रकारितामा आबद्ध छन् भने बस्नेत रातोपाटी अनलाइनका लागि बेलायत संवाददाता छन् ।

उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सह–कोषाध्यक्षमा सुरेन्द्र इङ्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका थिए । कोभिड–१९ का कारण प्रत्यक्ष उपस्थित भई निर्वाचन गर्न नसकेपछि कूल ४३ मतदातामध्ये ३८ जना हुलाकमार्फत मतपत्र पठाएर मतदानमा सामेल भएका थिए । बाँकी पाँचले आइतबार नै प्रत्यक्ष मतदान गरेका थिए । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु