Information is intelligence
HomeNews४५ लाख जरिमाना तोकिएका फरार अभियुक्त १० वर्षपछि पक्राउ

४५ लाख जरिमाना तोकिएका फरार अभियुक्त १० वर्षपछि पक्राउ

- Advertisement -spot_img

डाँका चोरी मुद्दामा दोषी ठहर भई १० वर्षदेखि फरार  भएका एकजना अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले अदालतले सजायसमेत सुनाएका धनगढी उपमहानगरपालिका-२ का गोविन्दराज अवस्थीलाई पक्राउ गरिएको जानकारी दिए ।

२०६५ सालमा तत्कालीन मालाखेती गाविस वडानम्बर ७ बाट यार्सागुम्बालगायत नगद तथा जिन्सी सामान चोरीमा संलग्न रहेको भन्दै प्रहरीले अवस्थीलाई पक्राउ गरेको थियो ।

धरौटीमा छुटेका उनलाई २०६८ साल असारमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ४५ लाख ५५० रुपैयाँ जरिमाना सजाय सुनाएको थियो ।

अवस्थी जिल्लाको फैसलाविरुद्ध पुनरावेदन अदालत हुँदै सर्वोच्चसम्म पुगेका थिए । तर पुनरावेदन र सर्वोच्च अदालतले समेत जिल्लाकै फैसला सदर गरेको थियो । त्यसबेलादेखि नै फरार रहेका अवस्थीलाई पक्राउ गरेर जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु